राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुँदै, उर्जामन्त्रीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुँदै, उर्जामन्त्रीले उद्घाटन गर्ने


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर: ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।

नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए ।

गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मणयताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने उनले बताए ।

कार्यक्रममा जलविद्युत लगानिकर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनियर, निर्माण व्यवसायी, बैंकर, बीमा तथा पुनर्बीमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्याङ्कनकर्ता, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारी र यस उद्योगसँग सम्बन्धित अन्य व्यवसायी तथा इन्छुक व्यक्ति सहित १५० देखि २०० जनासम्मको सहभागिता हुने आयोजकले पक्षले जनाएको छ ।

जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखी आ–आफ्नो ज्ञान आदानप्रदान तथा बृहत छलफल र प्रस्तुति हुने आयोजक पक्षले जनाएको छ ।

पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर ठुला ठुला समस्याहरु देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो । उर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने तथा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल विशिष्ट अतिथ्यता रहने एसोसिएसनले जनाएको रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ४१ बजे

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ– कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी