युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस विस्थापित « Khabarhub

युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस विस्थापित


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – युरोपमा डढेलो फैलिएपछि हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । भूमध्यसागरीय जंगलमा लागेको आगो फैलिएपछि मानिसहरू घर छाड्न बाध्य भएका हुन् ।

स्पेन, क्रोएसिया र ग्रीसमा पनि आगो फैलिएपछि फ्रान्सले दक्षिण–पश्चिममा जंगलमा लागेको डढेलोबाट खतरामा परेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

फ्रान्सको एक लोकप्रिय पर्यटक क्षेत्र गिरोन्डेका अधिकारीहरूले क्याम्पसाइटहरूबाट गार्डहरू खाली गरेका छन् । उक्त क्षेत्रबाट पर्यटकहरूले पहिले नै छोडेका थिए । टेस्टे–डे–बुच र ल्यान्डिरास क्षेत्रमा पनि आगो फैलिएको छ ।

दक्षिणी स्पेनमा, मिजास पहाडहरूमा ३२ सयभन्दा बढी मानिसहरू डढेलाेबाट भागेका छन् । यद्यपि, केही मानिस भने फर्किएका छन् । पोर्चुगलको आगलागी अहिले नियन्त्रणमा आएको छ ।

पोर्चुगल सरकारले गत साता गर्मीका कारण ६५९ जनाको ज्यान गएको बताएको छ । मृत्यु हुनेमा धेरैजसो वृद्धबृद्धा छन्।

स्पेनमा मिजास क्षेत्रको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मलागाबाट टाढा छैन । स्पेनको अन्य ठाउँ कास्टिला वाई लिओन, ग्यालिसिया र एक्स्ट्रेमादुरा प्रान्तहरूमा डढेलो फैलिएको छ । आगो निभाउन भूमध्यसागरमा पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म हजारौँ अग्नि नियन्त्रकहरू र विमान तैनाथ छन् ।

मङ्गलबारदेखि सारा क्षेत्र चर्को गर्मीको प्रकोपमा परेको छ । चर्को गर्मीले वनस्पति सुकेको छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ५० बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई