प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने | Khabarhub Khabarhub

प्रेस युनियनको महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिए।

उनले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ भइरहेको बताए।

आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको तथा महाधिवेशनस्थल नजिकै भोजनको व्यवस्थापन मिलाइएको छ। महाधिवेशनमा देशभरका करिब एक हजार ६०० प्रेस युनियनका प्रतिनिधि र अतिथिको सहभागिता रहने छ।

साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । त्यसको सहसंयोजकमा केन्द्रीय सदस्य अधिकारी रहेका छन् ।

आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको जनाइएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने कार्यवाहक महासचिव भीष्मराज ओझाले प्रतिनिधि व्यवस्थापनको काम गरेका छन् । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरी तीव्रताका साथ महाधिवेशन लक्षित कार्य भइरहेको कार्यबाहक महासचिव ओझाले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ४५ बजे

पत्रकार वरुण पनेरुले गरे तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना

डडेल्धुरा– डडेल्धुराका पत्रकार वरुण पनेरुले तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी

गाजा– इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी

भोलिदेखि रमजान सुरु हुँदै

विराटनगर -इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु

सिन्धुलीमा सवारी दुर्घटना, आठ जना घाइते

कमलामाई– सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु 

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोलीमा हिमताल फुट्दा हिउँमा फसेका मध्ये