बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी | Khabarhub Khabarhub

बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूको जागिर गएको हो ।

तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईँले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम ल्याएर पढिएको हो । कार्यपालिका बैठकमा निर्णय नगरी विषयगत समितिबाट निर्णय गर्ने भनिएको थियो । तर विषयगत समितिलाई जानकारी नआएको गुनासो छ । यो निर्णय अनुमोदन भएको छैन ।’ बजगाईँले राजनीतिक पूर्वाग्रहबाट प्रेरित यो निर्णय गाउँपालिका अध्यक्षले बैठकमा पढेर सुनाएको बताए ।

गाउँपालिकामा ४५ जना करारमा कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । करार अवधि थप नहुनेहरूमा विमला कार्की, मदन थापा, विनोद थापा मगर, पूजा शर्मा, रिता दुलाल, पदम मार्फा, युवराज घले, रजनी घिमिरे, सरस्वती घिमिरे, प्रतिक घिमिरे र लक्ष्मण तिमल्सिना छन् । कर्मचारीहरूलाई आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।

गाउँपालिकाकाे स्थास्थ्य संस्थामा काम गर्ने कमचारीहरूसमेत निकालिएको छ । हेल्थपोष्ट जस्तो संवेदनशील क्षेत्रमा वर्षाैंदेखि बसेर काम गरेको र राज्यले प्रसूति सेवालगायत देशमा भएको जति दर्जनौँ तालिम दिन लगाएर लगानी गरेको कर्मचारीको समेत करार अवधि थप भएन । तालिम लिएका कर्मचारी अभावमा अब यी सबै सेवा हेल्थ पोष्टमा बन्द हुने भएका छन् ।

गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुरदेखि दक्षिण ललितपुर आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले भने, ‘कर्मचारी निकालेर अरू भर्ना गर्ने भन्ने हुँदैन ।’

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ३९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

बेलायत– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि…

हुम्ला– कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८