एसियन शारीरिक सुगठनको कास्य पदक राजुलाई « Khabarhub

 एसियन शारीरिक सुगठनको कास्य पदक राजुलाई


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन् । 

सोमबार टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए । राजुले १७० सेमिसम्मको समूहमा तेस्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । 

२४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन् । यसअघि पनि नेपाली खेलाडीहरूले एसियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।

यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ । 

प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राईको पनि सहभागिता थियो । सुजिताले सोमबार आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण महत पनि माल्दिभ्समा छन् । नेपालले २०२३ मा ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ४२ बजे

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय