गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड | Khabarhub Khabarhub

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

काली गण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ ।

गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।

गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताए। मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ ।

पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिए।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ४९ बजे

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले