वडाध्यक्षमाथि हातपात, किटानी जाहेरी दर्ता « Khabarhub

वडाध्यक्षमाथि हातपात, किटानी जाहेरी दर्ता


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्रही ढंगले यस्ता दुर्व्यवहारको घटना गराएको आरोप लागेको छ ।

वडाध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् । अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ ।

हातपात गर्ने क्रममा वडाध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको स्थानीयले बताएका छन् । वडा नम्बर १२ को वडा कार्यालयमा स्थानीयहरूसँग छलफल भइरहेका वेला २९ असारमा आक्रमण भएको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ५६ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन