'तालीका गडबड हुनु खासमा अपमान होइन' | Khabarhub Khabarhub

‘तालीका गडबड हुनु खासमा अपमान होइन’


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ । 

‘उत्तरी छिमेकीसँग डिनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पूर्वप्रम पुष्पकमल दहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालीका गडबड हुनु खासमा अपमान होईन !,’ सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले आज लेखेका छन् । 

भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए । 

नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्‍त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : २२ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी