कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला : प्रदीप ज्ञवाली « Khabarhub

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला : प्रदीप ज्ञवाली


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरी बिचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन्।

काठमाडौँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक वित्तीय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुर्‍याएको बताए।

उनले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको वर्ष भएको तर्क गरे। सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसन तन्त्रलाई संरक्षण गरिरहेको उनको भनाइ छ । त्यस्तै ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयासहरू नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरे ।

गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले विवाद निकाल्ने काम भएको उनको भनाइ छ । उनले सरकारकै कारण अहिले सबैभन्दा ठूलो समस्या उपभोक्तालाई परिरहेको बताए।

उनले अहिले मुलुकको प्रमुख आर्थिक सूचकहरू हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको धारणा राखे।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको