उपत्यकाभित्र थुप्रिएको फोहर व्यवस्थापन गर्न माग | Khabarhub Khabarhub

उपत्यकाभित्र थुप्रिएको फोहर व्यवस्थापन गर्न माग


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् ।  सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने, ‘काठमाडौँमा थुप्रिएको फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौँठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने  हो ?’ फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो । 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशिता लागू हुन नसकेको टिप्पणी गर्दै संघीयता कार्यान्वयनमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भने।

नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरे। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले ब्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

 नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरे। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, ‘राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ?।’ नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरूले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गरे । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ३० बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी