उपत्यकाभित्र थुप्रिएको फोहर व्यवस्थापन गर्न माग « Khabarhub

उपत्यकाभित्र थुप्रिएको फोहर व्यवस्थापन गर्न माग


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् ।  सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भने, ‘काठमाडौँमा थुप्रिएको फोहरका कारण हिँडिसाध्य छैन, अहिले हैजा पनि फैलिएको भनेर प्रचार भइरहेको छ, काठमाडौँवासीले फोहरसँगै पौँठेजोरी खेलिरहेको अवस्थामा कहिलेसम्म यस्तो हुने  हो ?’ फोहरको वर्गीकरण गर्नसक्ने हेटौँडामा निर्माण गरिएको मेसिनको प्रयोग गर्न सकिने उनको सुझाव थियो । 

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले संविधानले व्यवस्था गरेको समावेशिता लागू हुन नसकेको टिप्पणी गर्दै संघीयता कार्यान्वयनमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नागरिकतासम्बन्धी विधेयक ल्याउने विषयमा ढिला नगरौँ भने।

नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले जनताको विषयप्रति सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले राजनीतिक दलका नेतालाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा पनि देशको निम्ति गम्भीरतापूर्वक सोच्न आग्रह गरे। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले ब्रिटिस गोर्खामा कार्यरत नेपालीको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

 नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा बढ्दै गएको महँगीको बारेमा सरकारले अनुगमन गरेर समस्या समाधान गर्नुपर्ने माग गरे। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले भने, ‘राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारी एम अधिकारी हो भन्ने चर्चा सुनिएको छ, यसबारे खोजी किन हुन सकिरहेको छैन, को हुन एम अधिकारी ?।’ नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले दलहरूले महिलालाई आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने माग गरे । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ३० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७