जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु  « Khabarhub

जिप र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बाेलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अजिरकोट गाउँपालिका–२ बस्ने २३ वर्षीया मेलिना गुरुङ रहेकी छन् । उनको उपचारको क्रममा स्वास्थ्य चौकी भच्चेकमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय मनराज गुरुङको उपचार भइरहेको छ ।  

भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४८१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बलेरो जिप आज बिहान पौने ८ बजे ठोक्किएका थिए। 

दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ४९ बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई