कन्टेनलाई गीतको सहारा ? « Khabarhub

कन्टेनलाई गीतको सहारा ?


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो भदौ १० गते फिल्म ‘द सेक्रेट अफ राधा’ रिलिज हुँदैछ । श्रीमानको पर्खाईमा रहेको गर्भवती महिलाको भोगाइलाई प्रस्तुत गर्ने फिल्ममा शीर्ष भूमिकामा सृष्टि श्रेष्ठ छिन् । सौगात मल्ल निर्माता समेत रहेको फिल्ममा उनीसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव, निश्चल बस्नेत छन् । यी सम्पूर्णकाे स्क्रिन टाइम सृष्टि भन्दा कम छ । 

कन्टेनमा फोकस गर्ने निर्देशक सुवर्ण थापाले फिल्मको ट्रेलर अगाडि तीज गीत सार्वजनिक गरे । गीतले राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ । यद्यपि फिल्ममा गीतको यहीँ संस्करण भने रहनेछैन । निर्देशक थापाले गीतले पब्लिसिटीमा फाइदा पुग्ने स्वीकारे । ‘हामीसँग गीत थियो । त्यसैले यसलाई प्रयोग गरेका हौँ । यो पब्लिसिटी टुल्स हो । तर फिल्मको कथालाई असर गर्ने गरि गीत राखिने छैन’ उनले भने ।

उनले फिल्ममा गीतलाई कथा अनुरूप नै प्रस्तुत गरिने बताए । साथै, उनी फिल्मको कथा र क्यारेक्टरलाई स्टारडमले असर नगर्नेमा विश्वस्त छन् । ‘हाम्रो कलाकारहरू स-सानो भूमिकामा भएता पनि क्यारेक्टरमा देखिनु हुन्छ । उहाँहरूको स्टारडमले क्यारेक्टरलाई छायाँमा पर्दैन’ निर्देशक थापाले भने । उनले फिल्मलाई विभिन्न फेस्टिभलमा समेत पर्खाइरहेको बताए । 

यसै फिल्म मार्फत निर्माताको रुपमा उदाउँदै गरेका सौगातले कथावस्तुले आकर्षित भएको बताए । ‘फिल्म पैसाकै कारणले नअड्कियोस भन्ने सोचका साथ निर्माता बनेको हुँ । कथा राम्रो छ । फिल्मले मौलिकता बोकेको छ’ सौगातले भने । यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५३ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर