कन्टेनलाई गीतको सहारा ? « Khabarhub

कन्टेनलाई गीतको सहारा ?


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो भदौ १० गते फिल्म ‘द सेक्रेट अफ राधा’ रिलिज हुँदैछ । श्रीमानको पर्खाईमा रहेको गर्भवती महिलाको भोगाइलाई प्रस्तुत गर्ने फिल्ममा शीर्ष भूमिकामा सृष्टि श्रेष्ठ छिन् । सौगात मल्ल निर्माता समेत रहेको फिल्ममा उनीसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव, निश्चल बस्नेत छन् । यी सम्पूर्णकाे स्क्रिन टाइम सृष्टि भन्दा कम छ । 

कन्टेनमा फोकस गर्ने निर्देशक सुवर्ण थापाले फिल्मको ट्रेलर अगाडि तीज गीत सार्वजनिक गरे । गीतले राम्रो प्रतिक्रिया पाउने अनुमान गरिएको छ । यद्यपि फिल्ममा गीतको यहीँ संस्करण भने रहनेछैन । निर्देशक थापाले गीतले पब्लिसिटीमा फाइदा पुग्ने स्वीकारे । ‘हामीसँग गीत थियो । त्यसैले यसलाई प्रयोग गरेका हौँ । यो पब्लिसिटी टुल्स हो । तर फिल्मको कथालाई असर गर्ने गरि गीत राखिने छैन’ उनले भने ।

उनले फिल्ममा गीतलाई कथा अनुरूप नै प्रस्तुत गरिने बताए । साथै, उनी फिल्मको कथा र क्यारेक्टरलाई स्टारडमले असर नगर्नेमा विश्वस्त छन् । ‘हाम्रो कलाकारहरू स-सानो भूमिकामा भएता पनि क्यारेक्टरमा देखिनु हुन्छ । उहाँहरूको स्टारडमले क्यारेक्टरलाई छायाँमा पर्दैन’ निर्देशक थापाले भने । उनले फिल्मलाई विभिन्न फेस्टिभलमा समेत पर्खाइरहेको बताए । 

यसै फिल्म मार्फत निर्माताको रुपमा उदाउँदै गरेका सौगातले कथावस्तुले आकर्षित भएको बताए । ‘फिल्म पैसाकै कारणले नअड्कियोस भन्ने सोचका साथ निर्माता बनेको हुँ । कथा राम्रो छ । फिल्मले मौलिकता बोकेको छ’ सौगातले भने । यो फिल्मलाई सौगात मल्ल, देवकी बिष्ट र विक्रमदास जोशी मिलेर निर्माण गरेकी हुन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति