महापुरुष : असोज वा कार्तिक कहिले होला रिलिज? « Khabarhub

महापुरुष : असोज वा कार्तिक कहिले होला रिलिज?


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो भदौ पश्चात नेपाली फिल्म रिलिजको भिडभाड दसैँ र तिहारमा छ। अघिल्लो वर्षहरूमा फेस्टिभलमा रिलिज भएका फिल्महरूले व्यावसायिक रुपमा आफूलाई बलियो सावित गरेपछि निर्माता तथा निर्देशकहरूको आँखा दसैँ र तिहारको डेटमा छ । कोरोना भाइरसको महामारीले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा गरेको असरलाई बिदा प्रतिको आकर्षणले झनै भताभुंग पारेको छ । आउँदो असोजमा एकै हप्ता दुई/तीन, दुई/तीन फिल्म रिलिज भएका छन् । कात्तिक ४ मा त घोषणा गरेका फिल्मको संख्या ४ छ । 

यही भिडमा फिल्म ‘महापुरुष’ समेत रिलिज हुँदैछ । फिल्मको छायांकन अहिले उपत्यका र आसपासमा धमाधम भइरहेको छ । दसैँ र तिहारको डेटमा रिलिज गर्ने उद्देश्यका साथ फिल्म पानीको वास्ता नगर्दै छायांकनमा गएको थियो । फिल्मको अनलाइन एडिटिङ पनि चलिरहेको छ । यसले गर्दा निर्माण पक्षलाई पोष्ट प्रोडक्सनमा धेरै समय लाग्दैन । साथै, निर्माण टिम चाँडोभन्दा चाँडो फिल्म रिलिज गर्ने मनसायमा छ । फिल्म कार्तिकमा रिलिज हुने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

‘हामीले फिल्मको डेट बारे छिटै औपचारिक रुपमा घोषणा गर्नेछौँ । यद्यपि हामी कार्तिकमा हलमा आउने सम्भावना छ’ उनले भने । रिलिज दसैँ वा कार्तिकमा हुने जिज्ञासामा उनले असोज भन्दा कार्तिकमा आउँन सक्ने संकेत गरे । यद्यपि वितरकहरुसँगको छलफल पश्चात मात्र घोषणा हुने उनले बताए । मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य, नरेश पौड्याल, गौरी मल्ल लगायतको अभिनय रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको