दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड हुँदै « Khabarhub

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड हुँदै


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ । आइतबार काठमाडौंको बानेश्वरमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो ।  चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेसन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । 

अवार्डको लागि गीत, संगीतअन्तर्गत लोक, आधुनिक, पप आधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, चलचित्र गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको आयोजक संस्था क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

 यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला/पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । २०७८ बैशाख देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका गीतहरूले यो प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।  यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७८ देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका फिल्महरूले सहभागी हुन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सह-नायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २२ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप