भारतमा एक दिनमा १६ हजार ९३५ सङ्क्रमित « Khabarhub

भारतमा एक दिनमा १६ हजार ९३५ सङ्क्रमित


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो । भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३३ प्रतिशत भएको जनाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ ।

पछिल्लो एक दिनमा १६ हजार ६९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ९७ हजार ५१० पुगेको छ । कोरोना भाइरस सङ्क्रमण निको भएको यो दर ९८.४७ भएको जनाइएको छ ।

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५१ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार ७६० जनाको मृत्यु भएको छ । माहामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब भन्दा बढी मात्रा खोप लगाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ५५ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी