काठमाडौँको फोहोरमाथि फोहोरी राजनीति | Khabarhub Khabarhub

काठमाडौँको फोहोरमाथि फोहोरी राजनीति

स्वतन्त्रलाई सिध्याउने खेलमा ठूला राजनीतिक दल



काठमाडौं– काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनको विषय आजभोलि दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको छ ।

समयमा फोहोर व्यवस्थापन हुन नसकेपछि आजभोलि मेयर बालेन्द्र साहको आलोचना पनि उत्तिकै भइरहेको छ । गर्दागर्दा यो विषयले द्धन्द्धको स्थिति पनि सिर्जना गर्न थालेको छ । फोहोरका गाडीमाथि तोडफोड, गुलेली प्रहार हुन थालेपछि त्यसलाई रोक्न सयौँको संख्यामा प्रहरी परिचालन गर्दै अश्रुग्याँस प्रहार गरेर गरी अवरोध चिर्नुपर्ने स्थिति बनेको छ ।

काठमाडौँको फोहोर व्यवस्थापनको किन विषय यति जटिल बन्दै छ त ? हिजो विद्या सुन्दर शाक्य मेयर हुँदा फोहोरको विषयमा यसलाई त्यति राजनीतिकरण गरिएन, जति अहिले भइरहेको छ ।

यसका मुख्यतः तीन कारण छन्ः

स्वतन्त्रलाई असफल पार्ने प्रयास

नेपाली काँग्रेस सहितको गठबन्धन र नेकपा एमालेजस्तो पार्टीका उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका मेयर बालेन्द्र शाह, सामाजिक अभियन्ताद्वय हर्क साम्पाङ र गोपाल हमालले चुनाव जित्छन् भनेर सायदैले अनुमान गरेका थिए ।

नभन्दै अन्तिम नतिजा आउँदा मेयरमा उनैहरुले नै जिते । धरानमा साम्पाङ, धनगढीमा गोपाल हमाल र काठमाडौँमा बालेन्द्रले जितेपछि उनीहरुको पछाडि अहिले ठूलो जमात छ । यसैको कारण अहिले देशभर स्वतन्त्रको लहर चलेको देख्न सकिन्छ ।

पार्टी र लामो समय राजनीति गरेका नेता फिल्डमा जनताबाट उपेक्षित देखिन्छन् । स्वतन्त्रप्रति जनलहर यति बढेको छ कि राजनैतिक दलका नेताहरुको निद्रा हराम भइसकेको छ । यस्तै स्वतन्त्रको लहर चल्दै जाने हो भने आगामी मंसिर चारको चुनावमा प्रमुख दलका शीर्ष नेता नै बढारिने सम्भावना छ ।

त्यसैले पनि नेताहरु, दलका वडा अध्यक्षहरु स्वतन्त्रहरुलाई हराउन दत्तचित्त भएर लागेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनमा पनि नेताको यही स्वार्थ निहित देखिन्छ ।

स्वतन्त्रले काम गर्न सक्दैनन् भनेर चुनावी एजेण्डा बनाउने दाउ

स्वतन्त्रको जनलहर बढेपछि नेताहरु अब उनीहरुलाई असफल बनाएर चुनावी एजेण्डा बनाउन चाहन्छन् । त्यसैले पनि शीर्ष नेतादेखि कार्यकर्ता तहसम्मका व्यक्तिहरु स्वतन्त्रविरुद्ध जाइलागेका छन् । राम्रो काम गर्न खोज्दा पनि दलका नेताहरु उनीहरुलाई काम गर्न दिइरहेका छैनन् । यसको ज्वलन्त उदाहरणको रुपमा काठमाडौँको फोहोरमाथि गरेको राजनीतिलाई लिन सकिन्छ ।

फोहोरका गाडीमाथि तोडफोड गर्ने, गुलेली हान्ने र संयुक्त विज्ञप्ति निकालेर विर्सजन गर्न दिँदैनौँ भनेर सडकमा उत्रनु त्यसैको अर्को कारण हो । यसैगरी स्वतन्त्र अभियानमा अवरोध गरेर उनीहरु मंसिर चारसम्ममा स्वतन्त्रहरुले केही गर्न सक्दैनन् भन्ने एजेण्डा लिएर जाने तयारी स्वरुप पनि नेताहरुले यसो गरको बुझ्न सकिन्छ ।

त्यसो होइन भने केपी ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिमा स्वतन्त्रहरुको विरोध र आक्रोश देखिँदैनथ्यो ।

बालेनमा कुशल नेतृत्वको अभाव

काठमाडौँको फोहोर व्यवस्थापन हुन नसक्नुमा बालेन्द्र शाहको कुशल नेतृत्व पनि एक हो । मेयर भइसकेपछि उनले गरेका कतिपय निर्णय विवादित, काँचा र अपरिपक्व छन् मेयर बालेनले केही गर्न खाजेका छन् नै तर राजनीति र कुटनीतिमाथि खेल्न नजान्दा आज उनले अवरोधको तगारो फोर्न सकेको देखिन्न ।

यिनै कारण हिजोको जस्तो जन समर्थन उनमा देखिन्न । बालेन्द्रले केही युट्युबरलाई बोकेर हिँडी मूल धारका मिडियाप्रति उदार देखिन्छन् ।

जसको कारण उनको पक्षमा मुलधारका मिडियाले पनि खुलेर त्यति लेखेको देखिन्न । यसको प्रतिफलस्वरुप बालेनमाथि दलका जनप्रतिनिधि हाबी देखिन्छन् । राम्रो काममा अवरोध गर्नेलाई आफ्नो अधिकार प्रयोग गरी पेलेर जान पनि सक्थे बालेन तर यहाँनेर पनि उनी कमजोर देखिन्छन् ।

जबकि, यस्ता अवरोध गर्नेलाई धरानका मेयरले सजिलै चिर्न सकेका छन् । चुनावअघि फोहोर व्यवस्थापनको लागि बालेनले निकै गुलिया कुरा गरेका थिए । ६ महिनाभित्र फोहोर उठाउन सक्छु भनेर उनले सजिलै भन्ने गर्थे । तर कुरा कार्यान्वयन गर्ने तहमा आएपछि भने उनले यस विषयमा ठोस योजना र योजना बनाउन नसकिरहेको देखिन्छ ।

फोहोरलाई मोहोरमा परिणत गर्ने गरी दीर्घकालीन रुपमा के गर्न सकिन्छ भनेर उनले प्रष्ट खाका पनि महानगरबासीलाई दिन सकेको पाइँदैन । दिनप्रतिदिन उनको आलोचना हुन थालेपछि उनी अचेल अतालिन थालेको देख्न सकिन्छ ।

काठमाडौंको फोहोर व्यवस्थापनको मूल दायित्व स्थानीय सरकारकै हो तर काठमाडौंको हकमा भने यो प्रयासले मात्र सार्थकता पाउने छनक देखिँदैन । यसका लागि संघीय सरकार, शहरी विकास मन्त्रालय र प्रदेश सरकारको पनि ध्यान जानु पर्दछ । होइन भने पछिसम्म यो विषय यस्तै पेचिलो बन्दै जानेछ ।

यदि दलहरुले राम्रो काममा अवरोध जारी नै राखिरहे भने र उनीहरुको असफलतालाई चुनावी एजेण्डा बनाउने दुष्प्रयत्न गरे भने त्यसले उनीहरुलाई नै नपोल्ला भन्न सकिन्न ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : ५३ बजे

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ

‘मिस पिंक २०२४’ सम्पन्न (तस्बिरहरु)

काठमाडौं – ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता

घरबाट साङ्ला कसरी भगाउने ?

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई

रास्वपासँग भएको सहमतिका यी ३ बुँदा, जसलाई कांग्रेसले अस्वीकार गरेको दाबी

काठमाडौं – सहकारी ठगी प्रकरणलाई लिएर एक महिनायता नेपाली कांग्रेसको