नागरिकता विधेयक पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

नागरिकता विधेयक पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि छलफल जारी छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनः विचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय महिला आयोगको चौधौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १२ : ४७ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले