नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले « Khabarhub

नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ ।

उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै एमालेले नागरिकता जस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्ने गरी काम नगर्न सरकारलाई सुझाव दिए ।

विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका उनले  विधेयकमाथि सांसदहरूलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे ।

सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : २९ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ