रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव « Khabarhub

रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रूपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । 

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रूपान्तरण भएर नपुग्ने भन्दै रूपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका हुन् । उनले नेताहरूले आफ्नो भनाई र गराई लाई एकरूपता ल्याई अन्तरविरोधलाई हल गर्नुपर्ने बताए ।

 समाजवादीको बिचारलाई बिकसित गर्ने र समाजवादी क्रान्तिको नयाँ रणनीति बनाउनका लागि बाम आन्दोलनको पुन ध्रुविकरण गर्ने मै जोड रहेको र विभिन्न कोणबाट छलफल भइरहेको उनले बताए । उनले अहिले पार्टी पंङ्गी आगामी निर्वाचनको तयारीमा लागेको भन्दै गठबन्धनभित्र पनि तीव्र रुपमा छलफल भइरहेको जानकारी दिए ।

प्रचण्डले बिचारको विकास नगरीकन अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन नसकिने धारणा राखे। उन बिचारको संश्लेषण गरेर आगामी महाधिवेशन छिटै गर्ने पनि बताए । रामवृक्ष यादवको जनयुद्ध तयारीका क्रममा २०५१ भदौ २ गते धनुषामा हत्या भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : ५९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा