रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव « Khabarhub

रूपान्तरणको काम आफैबाट सुरु गर्न प्रचण्डको सुझाव


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रूपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । 

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रूपान्तरण भएर नपुग्ने भन्दै रूपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका हुन् । उनले नेताहरूले आफ्नो भनाई र गराई लाई एकरूपता ल्याई अन्तरविरोधलाई हल गर्नुपर्ने बताए ।

 समाजवादीको बिचारलाई बिकसित गर्ने र समाजवादी क्रान्तिको नयाँ रणनीति बनाउनका लागि बाम आन्दोलनको पुन ध्रुविकरण गर्ने मै जोड रहेको र विभिन्न कोणबाट छलफल भइरहेको उनले बताए । उनले अहिले पार्टी पंङ्गी आगामी निर्वाचनको तयारीमा लागेको भन्दै गठबन्धनभित्र पनि तीव्र रुपमा छलफल भइरहेको जानकारी दिए ।

प्रचण्डले बिचारको विकास नगरीकन अबको दुनियाँमा समाजवादी क्रान्तिलाई अघि बढाउन नसकिने धारणा राखे। उन बिचारको संश्लेषण गरेर आगामी महाधिवेशन छिटै गर्ने पनि बताए । रामवृक्ष यादवको जनयुद्ध तयारीका क्रममा २०५१ भदौ २ गते धनुषामा हत्या भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १ : ५९ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले