यी हुन् प्रतिनिधिसभामा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू « Khabarhub

यी हुन् प्रतिनिधिसभामा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् ।

लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत ३ जेठदेखि २१ जेसम्म अनुपस्थित रहेन ।

यसैगरी स्वास्थ्योपचारका लागि भारत जाँदा प्रदीप गिरि ३ जेठ ३० असारसम्म, अमेरिका भ्रमणका लागि भन्दै तुलसी थापा ८ जेठदेखि २२ जेठसम्म र स्वास्थ्योपचारका लागि भारत जान गंगा चौधरी ३ जेठदेखि १५ जेठसम्म संसद् बैठक अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार घरायसी कामका लागि १२ जेठदेखि २ असारसम्म धर्मशीला चापागाइँ, श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि  १२ असारसम्म रघुवीर महासेठ, स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म जुली कुमारी महतो, कार्यक्रममा सहभागी हुन अमेरिका जान २६ जेठदेखि १० असारसम्म शान्ता चौधरी, स्वास्थ्योपचारका लागि भारत जान ३ जेठदेखि ३० असारसम्म कर्मा घले र अस्वस्थको कारण देखाएर ३ जेठदेखि १७ जेठसम्म सुरेशचन्द्र दास संसद् बैठकमा अनुपस्थित रहे ।

यस्तै अस्वस्थ भएर ११ जेठदेखि १७ जेठसम्म शिवकुमार मण्डल, अस्वस्थ भएर १ असारदेखि ३१ असारसम्म निर्जला राउत, निजी कामका लागि अमेरिका जान ३ साउनदेखि २२ भदौसम्मका लागि नवराज रावत बिदामा रहेका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार व्यावसायिक कामका लागि नेपाल बाहिर रहन १५ असारदेखि तीन हप्ता विनोदकुमार चौधरी बिदामा बस्दा बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमणका लागि ३ जेठदेखि ३१ असारसम्म नागेन्द्र कुमार बिदामा बसेका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : २३ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज