यी हुन् प्रतिनिधिसभामा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू « Khabarhub

यी हुन् प्रतिनिधिसभामा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् ।

लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत ३ जेठदेखि २१ जेसम्म अनुपस्थित रहेन ।

यसैगरी स्वास्थ्योपचारका लागि भारत जाँदा प्रदीप गिरि ३ जेठ ३० असारसम्म, अमेरिका भ्रमणका लागि भन्दै तुलसी थापा ८ जेठदेखि २२ जेठसम्म र स्वास्थ्योपचारका लागि भारत जान गंगा चौधरी ३ जेठदेखि १५ जेठसम्म संसद् बैठक अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार घरायसी कामका लागि १२ जेठदेखि २ असारसम्म धर्मशीला चापागाइँ, श्रीमतीको स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि  १२ असारसम्म रघुवीर महासेठ, स्वास्थ्योपचारका लागि अमेरिका जान २५ जेठदेखि १२ असारसम्म जुली कुमारी महतो, कार्यक्रममा सहभागी हुन अमेरिका जान २६ जेठदेखि १० असारसम्म शान्ता चौधरी, स्वास्थ्योपचारका लागि भारत जान ३ जेठदेखि ३० असारसम्म कर्मा घले र अस्वस्थको कारण देखाएर ३ जेठदेखि १७ जेठसम्म सुरेशचन्द्र दास संसद् बैठकमा अनुपस्थित रहे ।

यस्तै अस्वस्थ भएर ११ जेठदेखि १७ जेठसम्म शिवकुमार मण्डल, अस्वस्थ भएर १ असारदेखि ३१ असारसम्म निर्जला राउत, निजी कामका लागि अमेरिका जान ३ साउनदेखि २२ भदौसम्मका लागि नवराज रावत बिदामा रहेका सभामुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार व्यावसायिक कामका लागि नेपाल बाहिर रहन १५ असारदेखि तीन हप्ता विनोदकुमार चौधरी बिदामा बस्दा बिरामी, घरायसी एवं निर्वाचन क्षेत्र भ्रमणका लागि ३ जेठदेखि ३१ असारसम्म नागेन्द्र कुमार बिदामा बसेका हुन् ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  २ : २३ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी