स्थानीय पूर्वाधार विकास विभागको नाम परिवर्तन गर्ने निर्णयविरुद्ध प्रदर्शन « Khabarhub

स्थानीय पूर्वाधार विकास विभागको नाम परिवर्तन गर्ने निर्णयविरुद्ध प्रदर्शन


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले खारेज गरेको स्थानीय पूर्वाधार विकास विभागलाई बिना औचित्य नाम परिवर्तन गरि सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका छन् ।

संघीयता कार्यान्वयनको मर्म अनुसार खारेज भएको विभागलाई नाम परिवर्तन गरि मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ् सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूले मन्त्रालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केहिबेरको भनाभन भएको थियो । खारेज भएको विभागलाई मन्त्रालयमा गाभ्दा कर्मचारीको वृत्ति विकासमै ठूलो असर पुर्याउने उनीहरूको भनाई छ । उनीहरूले शहरी एजेण्डालाई छायाँमा पर्ने एवं भवन, आवास तथा शहरी विकासको क्षेत्रमा कार्यरत विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमूहका प्राविधिक कर्मचारीहरूको कार्यक्षेत्र र वृत्ति विकासमाथि पटक पटकको हस्तक्षेप बन्द गर्न पनि माग गरेका छन् । 

यसअघि उनीहरूले आफूहरूको मागका विषयमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए तर कहिँबाट सकारात्मक जवाफ नआएकाले बाध्य भएर सांकेतिक रुपमा विरोध गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।  

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : ४६ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको