‘ट्रान्सफर स्टेसन’ को फोहर व्यवस्थापन | Khabarhub Khabarhub

 ‘ट्रान्सफर स्टेसन’ को फोहर व्यवस्थापन


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम भएको छ । उक्त फोहर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो ।

सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर  अन्तिम व्यस्थापनस्थलसम्म लैजानका लागि भने थप केही दिन लाग्ने कामपाले जनाएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लैजान नपाएपछि महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । 

पटक-पटक सिसडोलबञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । फोहर व्यवस्थापनका सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि आजदेखि साविक बमोजिम फोहर व्यवस्थापन कार्य भएको हो ।

काठमाडौँको फोहर बञ्चरेडाँडासम्म र्लैजानका लागि विभिन्न पेशा तथा व्यवसाय क्षेत्रले पनि सहयोग गरेका छन् । यस क्रममा आज नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका छन् । 

समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । यी टिपर पनि बिहानै फोहर बोकेर ल्याण्डफिल साइट पुगिसकेको महानगरको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए । नगर प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिए । 

मालबाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए ।  

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ३ : १९ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच