राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु « Khabarhub

 राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु


२ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । 

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र सङ्घसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वानसहित बिहीबारदेखि ‘कोष वृद्धि’ अभियानको सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

 पूर्णपाठ :

राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि ‘कोष वृद्धि’ अभियानको शुभारम्भ गरेको छ । काठमाडौंमा आज आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गर्नुभएको छ ।

वैदिक सभ्यताको जननी देवभूमि नेपाल ऋषि–महर्षी आदि पूण्यात्माले तपस्या गर्ने, हिमालय पर्वत श्रृङखला रहेको बौद्ध, चैत्य, गुम्बा, हिमाल,पहाड, तराई, पुण्य नदिहरूको वर्णन रहेको, अनेकौं देवी देवताहरूको मठ, मन्दिरले सुसज्जित, मौलिक भाषा, संस्कृति भएको साथै गौरवमय इतिहास बोकेको विश्वको मानचित्रमा चित्रित एकमात्र हिन्दुराष्ट्रको रुपमा परिचित थियो ।

अकारण र जनतालाई गुमराहमा राखेर जनअनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउनेछ । यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ-सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ । अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । राप्रपाले पहिलो दिनमै एक करोडको प्रतिबद्धता प्राप्त गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ५ : ३६ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता