पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्छु : प्रशिक्षक हुमागाईं « Khabarhub

पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्छु : प्रशिक्षक हुमागाईं


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आफूले पाएको अवसरलाई राम्रो नतिजाका साथ पुरा गर्ने बताएका छन्।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले आफूलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफूले त्यसलाई सदुपयोग गर्ने बताएका हुन् ।

हुमागाईंले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए। १० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाको लागि फर्किएको उनको भनाइ छ ।  त्यस्तै उनले आफू नेपाली फुटबलको अहिलेको समस्याको बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रूपमा राखेको जिकिर गरे। बंगलादेशसँगको खेलका लागि ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफूले कुरा गरेको उनले जानकारी दिए।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईंलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईंलाई नियुक्त गरिएको जानकारी दिए।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ३० बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्