पछिल्लो समय नेपालमा महिलामा गर्भावस्थाको उच्च जोखिम बढिरहेको पाइएको छ । गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनासम्म मधुमेह, उच्च रक्तचाप भएका र दम भएका महिला गर्भवती हुँदाँ पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरू मेडिकल समस्या आएको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भएको भनिन्छ । खबरहबका लागि विना न्यौपानेले यसै विषयमा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. निभा ओझासँग गरेको कुराकानीको सम्पादित अंश:
गर्भवती भएपछि कस्तो अवस्थामा गर्भावस्थाको उच्च जोखिम भन्न सकिन्छ ?
हरेक चिजको आफ्नो समय हुन्छ । त्यसैले महिलामा बिहे गर्न र बच्चा जन्माउनको लागि २० देखि ३० या ३५ वर्ष भनिन्छ । तर, अहिले महिलाहरू करियर बनाउने भन्दै ढिलो बिहे गर्छन् । बाध्यतामा परेर पनि कतिपय महिला बिहे गरेर बच्चा जन्माउँछन् । एउटा त महिलाले जन्मिदा नै सीमित अण्डाशय लिएर आएको हुन्छ । उसको प्रजनन् क्षमता नै कम हुन्छ । गर्भवती भइहाल्यो भने पनि बच्चा गर्भपतन हुनसक्छ । सुगर प्रेसर पनि बढ्न सक्छ त्यसैले समयमा नै ध्यान दिनु पर्दछ ।
उच्च जोखिम भएको गर्भावस्थालाई कसरी ध्यान दिने ? जोखिम कसरी घटाउने ?
हरेक गर्भावस्थालाई उच्च जोखिम अवस्था भनिन्छ । किनभने कुनै पनि महिला गर्भवतीको चिन्ता र अवस्थाले गर्दा उ मर्न सक्ने भएकोले उच्च जोखिम भन्छौँ । विशेष गरेर हामीले कुनै पनि महिलालाई उमेरको हिसाबले हेर्दा पहिलो प्रेग्नेन्सी ३५ वर्ष वा त्यो भन्दा बढी र कम १७ वर्षतिर हुने तिनीहरूलाई गर्भावस्थाको उच्च जोखिम भनेर भनेर भन्छौँ । कुनै महिलामा गर्भवती हुनु भन्दा अगाडि कुनै रोगहरू छ । जस्तो पहिला नै डाइबेटिजहरु छ । उच्च रक्तचाप छ । रक्तअल्पता वा पहिला मुटु तथा मिर्गौलाको रोगहरू छ भने जो पनि जोखिम महिला हो । मोटोपन वा पातलो छ भने पनि गर्भावस्थाको उच्च जोखिम भनिन्छ ।
महिला गर्भवती हुन कति जति तौल भएको राम्रो मानिन्छ ?
उपयुक्त तौल भनेर सरदरमा एउटा महिला ५ देखि ५.२ फिटको छ भने उसको तौल ५५ देखि ५० किलो भए राम्रो हुन्छ । कम्मरमा बढी बोसो लाग्यो भने वा पुरै शरीर मोटाउनु भन्दा पनि हाम्रो बीचको भाग मोटायो भने हामीले त्यसलाई मान्ने हुन्छ ।
उच्च जोखिम अवस्थामा रहेका गर्भवतीले परीक्षण कुन कुन समयमा गर्नु पर्दछ ?
गर्भवती हुने वा बच्चा जन्माउने योजना बनाउँदै हुनुहुन्छ भने आफू राम्रो स्वास्थ्यमा हुनु पर्दछ । यदि आफूमा प्रेसर छ, मुटुको रोग छ भने जाँच गर्ने कुनै औषधिहरू खाँदै हुनुहुन्छ भने सम्बन्धित डाक्टरको सल्लाहमा त्यो औषधि कसरी खाने भनेर समयमा नै सल्लाह लिने र समय समयमा जाँच गरौँ । केही समस्या भए पहिला नै पहिचान हुन्छ । जस्तो रक्त अल्पता छ भने उहाँले समयमा नै आइरन चक्कीहरू खान सकिन्छ । र, समयमा नै उपचार गर्न सकिन्छ ।
पहिले नै जोखिम हुने समस्या छ भने के गर्ने होला ?
कति जनाले थाहा नपाएर नै यो समस्या धेरै भएको हुन्छ । समय समयमा पेट दुख्ने भयो भने र रगतको छिर्काहरु देखियो भने पनि हाईब्लड प्रेसर भएर टाउको दुख्यो ज्वरो आयो । हात खुट्टा बढी चिलायो । आफ्नो बच्चा नबढेको जस्तो लाग्यो । पहिलाको तुलनामा कम चल्यो भने तुरुन्त अस्पताल जानु पर्दछ ।
गर्भवती जोखिमलाई कम गर्न कति समयको फरकमा जचाउनुपर्छ ?
पहिला डब्ल्युएचओले चार पटक जँचाउनु पर्दछ भनेर नियम पनि बनाएको थियो । तर, अहिले आएर यो चार वटामै अडिएर बस्नु पर्दैन । चाहिने हिसाबले जचाउँदा हुन्छ । कम्तीमा पनि गर्भवती भएपछि चार पटक जँचाउनु पर्दछ । गर्भवती भएको थाहा पाएपछि र जँचाउनु पर्दछ । तीन महिनातिर उसको रगतहरू सबै जाँच गरिन्छ । बच्चामा कुनै समस्या छ कि छैन भनेर जाँच गरिन्छ । पाँच महिनामा बच्चा सही रूपले विकास भएको छ कि छैन हात खुट्टा टाउको बनेको छ कि छैन भनेर अल्ट्रासाउन्ड गराउँछौँ । यो पाँच महिना भए पनि टिटानसको सुई लगाउनु पर्ने हुन्छ । आइरन क्याल्सियम खान सुरु गरेको हुनुपर्दछ ।
गर्भवती जोखिमलाई कम गर्ने अरु उपाय के के छन् ?
पहिलो कुरा उमेरलाई ध्यान दिनुपर्छ । दोस्रो कुरा कुलत गर्ने बानी छ भने त्यसलाई हटाउनुपर्छ । वा घटाउन पनि सकिन्छ । तौल धेरै छ भने घटाउने गर्नुपर्छ । सुरुको तीन महिनामा धेरै ख्याल गर्नुपर्छ । नियमित जाँच गर्नुपर्छ । आफूलाई समस्या हुने काम गर्नु हुँदैन । धेरै चिन्ता र समस्या पनि बोक्नु हुँदैन ।
प्रतिक्रिया