‘उमेर छँदै तौल घटाए गर्भवती हुँदा सहज हुन्छ’ « Khabarhub

‘उमेर छँदै तौल घटाए गर्भवती हुँदा सहज हुन्छ’

चुरोट र रक्सीको सेवन त गर्नु नै हुँदैन



पछिल्लो समय नेपालमा महिलामा गर्भावस्थाको उच्च जोखिम बढिरहेको पाइएको छ । गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनासम्म मधुमेह, उच्च रक्तचाप भएका र दम भएका महिला गर्भवती हुँदाँ पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरू मेडिकल समस्या आएको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भएको भनिन्छ । खबरहबका लागि विना न्यौपानेले यसै विषयमा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. निभा ओझासँग गरेको कुराकानीको सम्पादित अंश:

गर्भवती भएपछि कस्तो अवस्थामा गर्भावस्थाको उच्च जोखिम भन्न सकिन्छ ?
हरेक चिजको आफ्नो समय हुन्छ । त्यसैले महिलामा बिहे गर्न र बच्चा जन्माउनको लागि २० देखि ३० या ३५ वर्ष भनिन्छ । तर, अहिले महिलाहरू करियर बनाउने भन्दै ढिलो बिहे गर्छन् । बाध्यतामा परेर पनि कतिपय महिला बिहे गरेर बच्चा जन्माउँछन् । एउटा त महिलाले जन्मिदा नै सीमित अण्डाशय लिएर आएको हुन्छ । उसको प्रजनन् क्षमता नै कम हुन्छ । गर्भवती भइहाल्यो भने पनि बच्चा गर्भपतन हुनसक्छ । सुगर प्रेसर पनि बढ्न सक्छ त्यसैले समयमा नै ध्यान दिनु पर्दछ ।

उच्च जोखिम भएको गर्भावस्थालाई कसरी ध्यान दिने ? जोखिम कसरी घटाउने ?
हरेक गर्भावस्थालाई उच्च जोखिम अवस्था भनिन्छ । किनभने कुनै पनि महिला गर्भवतीको चिन्ता र अवस्थाले गर्दा उ मर्न सक्ने भएकोले उच्च जोखिम भन्छौँ । विशेष गरेर हामीले कुनै पनि महिलालाई उमेरको हिसाबले हेर्दा पहिलो प्रेग्नेन्सी ३५ वर्ष वा त्यो भन्दा बढी र कम १७ वर्षतिर हुने तिनीहरूलाई गर्भावस्थाको उच्च जोखिम भनेर भनेर भन्छौँ । कुनै महिलामा गर्भवती हुनु भन्दा अगाडि कुनै रोगहरू छ । जस्तो पहिला नै डाइबेटिजहरु छ । उच्च रक्तचाप छ । रक्तअल्पता वा पहिला मुटु तथा मिर्गौलाको रोगहरू छ भने जो पनि जोखिम महिला हो । मोटोपन वा पातलो छ भने पनि गर्भावस्थाको उच्च जोखिम भनिन्छ ।

महिला गर्भवती हुन कति जति तौल भएको राम्रो मानिन्छ ?
उपयुक्त तौल भनेर सरदरमा एउटा महिला ५ देखि ५.२ फिटको छ भने उसको तौल ५५ देखि ५० किलो भए राम्रो हुन्छ । कम्मरमा बढी बोसो लाग्यो भने वा पुरै शरीर मोटाउनु भन्दा पनि हाम्रो बीचको भाग मोटायो भने हामीले त्यसलाई मान्ने हुन्छ ।

उच्च जोखिम अवस्थामा रहेका गर्भवतीले परीक्षण कुन कुन समयमा गर्नु पर्दछ ?
गर्भवती हुने वा बच्चा जन्माउने योजना बनाउँदै हुनुहुन्छ भने आफू राम्रो स्वास्थ्यमा हुनु पर्दछ । यदि आफूमा प्रेसर छ, मुटुको रोग छ भने जाँच गर्ने कुनै औषधिहरू खाँदै हुनुहुन्छ भने सम्बन्धित डाक्टरको सल्लाहमा त्यो औषधि कसरी खाने भनेर समयमा नै सल्लाह लिने र समय समयमा जाँच गरौँ । केही समस्या भए पहिला नै पहिचान हुन्छ । जस्तो रक्त अल्पता छ भने उहाँले समयमा नै आइरन चक्कीहरू खान सकिन्छ । र, समयमा नै उपचार गर्न सकिन्छ ।

पहिले नै जोखिम हुने समस्या छ भने के गर्ने होला ?
कति जनाले थाहा नपाएर नै यो समस्या धेरै भएको हुन्छ । समय समयमा पेट दुख्ने भयो भने र रगतको छिर्काहरु देखियो भने पनि हाईब्लड प्रेसर भएर टाउको दुख्यो ज्वरो आयो । हात खुट्टा बढी चिलायो । आफ्नो बच्चा नबढेको जस्तो लाग्यो । पहिलाको तुलनामा कम चल्यो भने तुरुन्त अस्पताल जानु पर्दछ ।

गर्भवती जोखिमलाई कम गर्न कति समयको फरकमा जचाउनुपर्छ ?
पहिला डब्ल्युएचओले चार पटक जँचाउनु पर्दछ भनेर नियम पनि बनाएको थियो । तर, अहिले आएर यो चार वटामै अडिएर बस्नु पर्दैन । चाहिने हिसाबले जचाउँदा हुन्छ । कम्तीमा पनि  गर्भवती भएपछि चार पटक जँचाउनु पर्दछ । गर्भवती भएको थाहा पाएपछि र जँचाउनु पर्दछ । तीन महिनातिर उसको रगतहरू सबै जाँच गरिन्छ । बच्चामा कुनै समस्या छ कि छैन भनेर जाँच गरिन्छ । पाँच महिनामा बच्चा सही रूपले विकास भएको छ कि छैन हात खुट्टा टाउको बनेको छ कि छैन भनेर अल्ट्रासाउन्ड गराउँछौँ । यो पाँच महिना भए पनि टिटानसको सुई लगाउनु पर्ने हुन्छ । आइरन क्याल्सियम  खान सुरु गरेको हुनुपर्दछ ।

गर्भवती जोखिमलाई कम गर्ने अरु उपाय के के छन् ?
पहिलो कुरा उमेरलाई ध्यान दिनुपर्छ । दोस्रो कुरा कुलत गर्ने बानी छ भने त्यसलाई हटाउनुपर्छ । वा घटाउन पनि सकिन्छ । तौल धेरै छ भने घटाउने गर्नुपर्छ । सुरुको तीन महिनामा धेरै ख्याल गर्नुपर्छ । नियमित जाँच गर्नुपर्छ । आफूलाई समस्या हुने काम गर्नु हुँदैन । धेरै चिन्ता र समस्या पनि बोक्नु हुँदैन ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ५७ बजे

नवनिर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ