पहिरोले कर्णाली राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दैलेख – निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालिकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटिमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आई राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आई राजमार्ग अवरुद्ध भएको छ।

गुरास गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीस्थित सडक माथिबाट पहिरो आइ सुर्खेत–दैलेख सडकखण्ड अवरोधपछि प्रहरी टोलीसँग समन्वयन गरी खुलाइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५२ बजे

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ

रविविरुद्धको मुद्दालाई अग्राधिकार, सर्वोच्चले कास्की प्रहरीमा दर्ता जाहेरी झिकायो

काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार

ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय सर्वोच्चले रोक्यो

काठमाडौं– ट्राफिक नियम मिच्नेलाई  स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा

उदयपुरका सबै सहकारी पीडितहरू एकै ठाउँमा, आन्दोलनको तयारी

काठमाडौं– सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्क विहीन भएको भन्दै ग्रेस

हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति

काठमाडौं– शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको