बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा « Khabarhub

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ देशको पहिलो सुन प्रशोधन केन्द्र(गोल्ड रिफाइनरी) सञ्चालनमा ल्याएको छ । 

सेप्टेम्बर २८ मा उद्घाटन गरिएको उक्त ‘राफिनोर(बीएफ’ नाम दिइएको रिफाइनरीको शुभारम्भ गर्दै राष्ट्रपति इब्राहिम त्राओरेले अबदेखि देशमा उत्खनन गरिने सुन स्वदेशमै प्रशोधन हुनुपर्ने घोषणा गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति त्राओरेले भने, ‘अबदेखि बुर्किना फासोको सुन देशभित्र उत्खनन मात्र हुने छैन, यसको प्रशोधन, नियन्त्रण, मूल्याङ्कन र प्रमाणीकरण पनि बुर्किना फासोमै गरिनुपर्छ ।’ 

उनले प्राकृतिक स्रोतसाधन जनताको सम्पत्ति भएको उल्लेख गर्दै यसले वातावरणीय सम्मान, सामाजिक न्याय र भावी पुस्ताको हितलाई ध्यानमा राख्दै नागरिकको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउनुपर्ने बताए ।

राजधानी वागाडगुमा पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो प्रशोधन केन्द्रको वार्षिक १६४ टन सुन प्रशोधन गर्ने क्षमता रहेको छ, जसलाई पछि ५१५ टनसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। गत वर्ष बुर्किना फासोले ९४ टन सुन उत्पादन गरेको थियो ।

यो रिफाइनरी निर्माणका लागि ११ अर्ब सीएफए फ्र्याङ्क (करिब १ करोड ९० लाख अमेरिकी डलर) भन्दा बढी खर्च भएको छ । यस आयोजनामा राष्ट्रिय बहुमूल्य धातु कम्पनी मार्फत सरकार तथा निजी क्षेत्रले लगानी गरेका छन् ।

राष्ट्रपति त्राओरेको नेतृत्वमा बुर्किना फासोले प्राकृतिक स्रोतलाई सार्वभौमिकताको विषय बनाएको छ । कच्चा पदार्थ विदेश निर्यात गर्नुको सट्टा स्वदेशमै प्रशोधन गरेर विशेष गरी पश्चिमी राष्ट्रहरू र विदेशी कम्पनीहरूमाथिको निर्भरता घटाउने रणनीतिको रूपमा यो कदमलाई हेरिएको छ । बुर्किना फासो पश्चिम अफ्रिकाको एक प्रमुख सुन निर्यातकर्ता देश भए पनि पछिल्लो समय आतङ्कवादका कारण यो क्षेत्र प्रभावित बनेको थियो ।

पश्चिम अफ्रिकी क्षेत्रका म्याली, गिनी, घाना र कोटे डिभोआर जस्ता छिमेकी देशहरूले पनि खानीसम्बन्धी नियमहरू परिमार्जन गर्दै कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने र प्राकृतिक स्रोतमा सरकारी स्वामित्व बढाउने कदम चालिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ५ : १० बजे

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र