संसारले चासो दिएको एलिजाबेथको अन्तिम बिदाइ | Khabarhub Khabarhub

संसारले चासो दिएको एलिजाबेथको अन्तिम बिदाइ


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेलायती महारानीको अन्तिम संस्कारमा संसारका धेरै शीर्ष नेताहरूको उपस्थिति हुने भएको छ। १९ सेप्टेम्बरमा हुने सो भेला नै बेलायतको इतिहासमा सबैभन्दा धेरै शीर्ष नेताको उपस्थिति हुने भेला बन्ने निश्चित छ। अन्तिम संस्कार कार्यक्रममा राष्ट्र प्रमुख र अन्य विशिष्ट पाहुनासमेत गरेर पाँच सय जना निम्त्याइएका छन्।

राज परिवारका सबै सदस्यका साथी र अन्य शुभेच्छुक त त्यहाँ हुने नै भए। त्यहाँ राजपरिवारका सदस्यमा राजा चार्ल्स , क्यामिला, महारानीका अन्य तीन सन्तान आनी, एन्ड्रयु र एडवार्ड तथा तिनीहरूका श्रीमती हुने छन्। साथै एन्ड्रयुका पूर्व श्रीमती सहारा फर्गुसन लगायतको उपस्थिति हुनेछ।

महारानीका नाति विलियम र हेन्रीका साथमा राजकुमारी बेट्राइस, युग्लेना, जारा टिन्डल, पिटर फिलिप्स,लेडी लाउस विन्डसोर, जेम्स र भिस्काउन्ट सभर्न पपन पनि उपस्थित हुने अपेक्षा गरिएको छ। त्यस समारोहमा डायनाका भाइ अर्ल स्पेन्सर पनि उपस्थित हुन सक्ने छन्। केन्टका राजकुमार तथा युवराज पनि त्यहाँ उपस्थित हुने अपेक्षा गरिएको छ।

समारोहको विशेष व्यक्ति महारानीकी सबै भन्दा प्रिय पात्र दरबारको अभिभावकको रूपमा लामो समय बिताएकी उनकी साथी सुसन हुसे हुने छिन्। गत वर्ष फिलिपको देहावसानसँगै पती शोकमा बिताएकी महारानीको साथमा सधैँ हुसे रहेन गरेकी थिइन्। रानीको कार्यकालमा मुख्य सहयोगीको रूपमा परिचित डेम मेरी मोरिनस पनि त्यहाँ उपस्थित हुनेछन्।

३० वर्षदेखि महारानीको पोसाकमा ध्यान दिने गरेकी एन्जेला केली पनि त्यहाँ उपस्थित हुने छन्। उनलाई पनि महारानीको सबैभन्दा नजिकको व्यक्तिको रूपमा बेलायतमा चिन्ने गरिन्थ्यो।

महारानीको सल्लाहकार तथा साथी जोन वारेनलाई त्यस सभामा निम्त्याइएको छ। वारेनले महारानीको घोडा सवारको व्यवस्थापन गर्थे। महारानीको घोडा इस्टमेटले सन् २०१३ मा गोल्ड कप जित्दा यी दुवै मिलेर खुसी मनाएका थिए।

पूर्व फर्मुला वान विश्व च्याम्पियन ज्याक स्टुवार्ट त महारानीलाई भेट्नका लागि त्यहाँ जाने तयारीमा थिए। उनी पनि अन्तिम संस्कारमा उपस्थित हुने छन्। महारानी भन्दा एक साताको फरकमा जन्मिएका तथा जिन्दगीका धेरै मोडमा सहकार्य गरेका सर डेभिड एटनवर्ग पनि समारोहमा उपस्थित हुने छन्।

युरोपका धेरै राज खानदानका व्यक्तित्वलाई पनि त्यस कार्यक्रममा आमन्त्रित गरिएको छ। यी मध्य धेरै जना त महारानीको रगतको साइनो भएका पनि छन्। बेल्जियमका राजा फिलिप र रानी म्याथिल्डेले कार्यक्रममा उपस्थित हुने पक्का गरिसकेका छन्। नेदरल्यान्डका राजा विलियम अलेक्जेन्डर र उनकी श्रीमती म्याक्सीमाको साथमा उनीहरूकी आमा बेयट्रिक्स पनि उपस्थित हुने जनाइएको छ।

स्पेनका राजा फिलिप र रानी लेटिजिया सो समारोहमा उपस्थित हुने छन्। नर्वे, स्विडेन, डेनमार्क र मोनाकोको राज परिवारका सदस्यलाई पनि बोलाइएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले निमन्त्रणालाई स्वीकार गरिसकेका छन्। न्यूजील्यान्डका प्रधानमन्त्री जेसिका अडार्न र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रोडोउले पनि निमन्त्रणा स्वीकार गरिसकेका छन्।

लामो समयदेखि कि बङ्गलादेशको सत्ता सम्हालेकी प्रधानमन्त्री सेख हसिना बाजेद र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रम सिंघे पनि समारोहमा उपस्थित हुने छन्। भारतकी राष्ट्रपति द्रौपदी मुर्मु पनि त्यहाँ समावेश हुने छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेन प्रथम महिला जल वाइडेनसँगै त्यहाँ उपस्थित हुने जनाइएको छ। उनीहरूको उपस्थितिको शैली अन्य धेरै पाहुनाको भन्दा फरक हुनेछ। संसारका अन्य थुप्रै नेता त्यस समारोहमा उपस्थित हुने छन्।

आयरल्यान्डका टायोसेक माइकल मार्टिन, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेइर, इटालियन राष्ट्रपति सर्जियो माटरेला र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन पनि उपस्थित हुने छन्। चिनियाँ राष्ट्रपति सी जिङपिङ पनि आमन्त्रण गरिएको छ। त्यस कुरा त्यही विवादमा छ।

सिरिया, भेनेजुएला र अफगानिस्तानका नेतालाई आमन्त्रण गरिएको छैन। यी देशसँग बेलायतको कूटनैतिक सम्बन्ध नरहेका कारण उनीहरूलाई नबोलाइएको हो। रुस, बेलारुस र म्यानमारका प्रतिनिधिलाई पनि त्यस समारोहमा बोलाइएको छैन।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायत र रुस बीचको सम्बन्ध खराब भएको हो। रुसी अधिकारीले पनि बेलायती महारानीको अन्तिम संस्कारमा आफूहरू उपस्थित हुन नचाहेको कुरा बताइ सकेका छन्।

बेलारुस पनि रुसी आक्रमणको पक्षधर हो। यस कारण बेलायतले बेलारुसी अधिकारीलाई पनि बोलाएको छैन। गत वर्ष सेनाले सत्ता हातमा लिएपछि बेलायतले म्यानमारबाट कूटनैतिक नियोग र कार्यालय समेत हटाइ सकेको छ। यस कारण म्यानमारलाई पनि बोलाइएको छैन। उत्तर कोरियाको हकमा त्यहाँका दूतावासलाई निमन्त्रणा गरिएको छ। राष्ट्र प्रमुखलाई निमन्त्रणा गरिएको छैन।

महारानीको अन्तिम संस्कारमा हजारौँ जना उपस्थित हुने अपेक्षा गरिएको छ। त्यसै समारोहमा उनको ७० वर्षे काललाई स्मरण गरिने छ। लन्डनको सडकमा हजारौँ जना एकै पटक उपस्थित भएर शोक व्यक्त गर्ने छन्।

उनको अन्तिम संस्कार कार्यक्रमलाई टेलिभिजनमा देखाइने छ। बेलायतका धेरै जसो जनता र संसारभर रहेका उनका लाखौँ शुभेच्छुकले यो कार्यक्रम हेर्ने अनुमान गरिएको छ। यस कारण धेरैकहाँ पुग्ने गरी ब्रोडक्रस्टिकको प्रबन्ध मिलाइने छ।

यस भन्दा अगाडि राजाको अन्तिम संस्कार ७० वर्ष पहिले एलिजाबेथका बाबु राजा जर्ज भीको भएको थियो। थोरै मात्र त्यस समयमा जन्मिएका थिए। धेरै बेलायतीका लागि यो नितान्त नौलो सभा हुनेछ।

निधनको एक सातापछि बेलायतको वेस्ट मिनिस्टर एवेमा सोमबार बिहान ११ बजे कार्यक्रमको सुरुवात हुनेछ। त्यसै स्थानमा एलिजाबेथले ७५ वर्ष अगाडि राजकुमार फिलिपसँग विवाह गरेकी थिइन्। सन् १९५३ मा उनको राज्य भिषेक पनि त्यसै स्थानमा भएको थियो।

शताब्दी पुरानो परम्परालाई तोड्दै अहिले वेस्ट मिनिस्टरमा अन्तिम संस्कार हुन लागेको हो। सन् १७६० देखि राजाको अन्तिम संस्कार विन्डसोरमा हुने गरेको थियो। सन् १९९७ मा युवराज्ञी डायना तथा २००२ मा राज माताको संस्कार भने यसै स्थानमा भएको थियो। त्यस स्थानमा महारानीको समेत रोजाइ भएको जनाइन्छ। त्यो ठाउँमा धेरै जना उपस्थित हुन सक्ने छन्। क्रिस्चियन धर्म अनुसार अन्तिम संस्कार धर्म गुरु र परिवारका सदस्यबाट हुनेछ।

अहिले उनको शवलाई सुरक्षाकर्मीले वेस्ट मिनिस्टरमा राखेका छन्। शवलाई राजकीय मापदण्ड अनुसार नै राखिएको छ। आइतबार बेलुका नै देश भरी मौन धारणा गर्ने कार्यक्रम राखिएको छ।

देशका विभिन्न चोकमा समेत यसको प्रत्यक्ष प्रसारण हुनेछ। उनको शवलाई सेनाले नै लिएर जाने छन्। शव त्यस स्थानमा लैजाँदा राजा र राज परिवारका अन्य सदस्य साथमा हुनेछन्। अन्त्यमा महारानीलाई बिदाइ गर्न अगाडि शव यात्रा पनि गरिने छ।

मृत्यु प्राकृतिक नियम हो। यस सत्यलाई बेलायती महारानीले स्वीकार गरेकी छन्। कमनवेल्थलाई एकत्रित गराउने र बेलायतलाई औपनिवेशिक देशको मानसिकताबाट संसारको अभिभावक देशको रूपमा स्थापित गराउन केन्द्रित महारानीको त्यो अन्तिम यात्रालाई सायद संसारका लाखौं व्यक्तिले चासो पूर्वक हेर्ने छन्। स्रोत : स्काई न्युज, बीबीसी

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५८ बजे

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन

सुनसरी – नजिकिँदै गरेका पर्वहरूमा दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति एवं