बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा « Khabarhub

बायर्नको पहिलो हार, डर्टमन्ट शीर्ष स्थानमा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगाको नयाँ सिजन २०२२/२३ मा साविक विजेता बायर्न म्युनिखले पहिलो हार बेहोरेको छ। बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्न आक्सबर्गसँग १-० ले स्तब्ध बन्यो।

घरेलु मैदानमा आक्सबर्गलाई जित दिलाउन ५९औं मिनेटमा मर्जिम बेरिसाले निर्णायक गोल गरे। यसअघि घरेलु लिगमा लगातार तीन बराबरी खेलेको बायर्नले युइएफए च्याम्पियन्स लिगमा भने स्पेनिस क्लब बार्सिलोनालाई २-० ले पराजित गरेको थियो।

यो हारसँगै बायर्नले शीर्ष स्थानका बोरुसिया डर्टमन्डको अंक दुरी कम गर्ने सुनौलो मौका गुमायो। बायर्नले लिगमा सात खेलबाट १२ अंक जोडेको छ। जुन शीर्ष स्थानका डर्टमन्डभन्दा तीन अंक पछि हो।

लिगअन्तर्गत शनिबारै भएको खेलमा डर्टमन्डले साल्केलाई १-० ले पराजित गर्यो। डर्टमन्डको जितमा युसोउफा मोउकोकोले निर्णायक गोल गरे। जितसंगै डर्टमन्ड १५ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ०३ बजे

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार