सुरुदेखि नै सोलारको पीपीए भएन भनेर लेख्ने सायद म मात्र होला। २४ वटा ग्रिड इम्प्याक भएका प्रोजेक्ट १६३ मेगावाट पुगे। गर्छ भन्दा भन्दै लेनदेनमा कुरा नमिलेर यो आयो। नत्र नीति लिएर बसेको मान्छेले नगर्नुको कारण के हो ? यसमा मैले लेनदेनमा कुरा मिलेन भनेर सम्पादकीय नै लेखेँ। मैले यो मन्त्रीको निजी क्षेत्रमाथि पनि बिषाक्त नजर छ भनेर पनि भनेको थिएँ।
यो विषयमा प्रबल अधिकारी सरलाई फोन गरेँ। उहाँले शेयरको पाटो हामी बुझ्दैनौँ भन्नुभयो। ऊर्जा मन्त्रालयको कानुन सचिवले गलत प्रयास गरेको कुरालाई लेखेको हो। सिए, इन्जिनियर र ऊर्जा विज्ञका कुरा सुन्यौँ। इपानले इस्यू उठाएर पत्रकारलाई देखाउनुपर्छ। यसको इस्यू यो हो र यसले यो असर गर्दछ भनेर पहिला पत्रकारलाई बुझाउन सक्नुपर्छ भनेर पनि भनेको थिएँ।
इपानको अहिलेको राजनीतिक सङ्गठन मिलेन व्यवसायिक भएनन्। त्यसको उपस्वरूप यो सेलाउदै गयो पहिलाको तुलनामा। पहिला पहिला हामीलाई बोलाइरहने कुराहरू आदानप्रदान गर्न निकै सजिलो थियो। एआरसीले हक र शेयर दाबी गर्नलाई रोकेको छ। त्यसैले हामीले पत्रकारलाई जति सिकाउन सक्छौँ उत्ति फाइदा हुन्छ। जहाँ आवाज पुग्दैन त्यहाँ त्यो आवाज पुर्याउन सकिन्छ ।
मैले एउटा आर्टिकल लेखेँ, ‘देशलाई माया गर्नेहरू पत्रकारलाई सूचना दिन्छन्’ भन्ने हेडिङ राखेर लेखिएको छ। त्यसमा मैले सरकारी कर्मचारीलाई समेटेर लेखेको छु। सरकारी अधिकारीमा ठूलो सूचना हुन्छ। त्यो दिएमा राम्रो हुन्छ भन्ने कुरालाई लेखमा समेटिएको छ।
उदाहरण हाम्रो एयरपोर्टमा भारतीयले सोलार राखिदिने र साउथ ब्लकमा बसेर यहाँको अध्यागमनका डेटाहरु संकलन गर्ने नीति लियो। भारतीय एजेन्डा पारित गर्दै ऊर्जा मन्त्री’ भनेर समाचार लेखेँ। त्यो समाचारले खैलाबैला भयो। सूचना प्रविधिका टेक्नोलोजी जडित सोलाए हाल्दिने र डेटाहरू साउथ ब्लकमा बसेर हेर्ने भारतको नीति थियो।
त्यसलाई अनुमोदनको तयारी भइराखेको रहेछ। हिरेन्द्रदेव शाक्यले पहिला नै ओके गराएर सही गरेर पठाउनु भएको रहेछ। त्यसलाई अनुमोदन गर्नु भनेर आयो। शरदसिंह भण्डारी ऊर्जा मन्त्री हुनुहुन्थ्यो। मैले ‘भारती एजेन्डा पारित गर्दै ऊर्जा मन्त्री’ भनेर मोटो हेडिङमा समाचार हालेँ। त्यो सूचना नदिएको भए भारतले हाम्रो सबै सूचना राख्ने थियो। सूचनाको महत्व आफै बुझ्नुहोस्।
हिजो अर्थ मन्त्रालयमा यो मन्त्रालयले गरेका कुकर्महरू भनेर समाचार लेखियो। कुन मन्त्रालयले के गर्यो भनेर व्याख्या भएको छ। मन्त्रीको फोटोसहित राखेपछि सबैले बुझ्न सक्छन्। हामीले सानो कुरा पायौं भने पनि सूचना सही समयमा हाल्नु पर्यो। मुलुकको हितको लागि सूचना दिनुपर्छ। यसलाई सबैले बुझ्नुपर्छ।
एउटा उदाहरण दिन्छु। अजुर्न कार्की प्राधिकरणको एमडी हुनुहुन्थ्यो। उहाँको शैली फरक थियो। काम सकियो राम्रो र काम नसकिए यसले बाधा हाल्यो भनेर बोलाएर भन्नुहुन्थ्यो। त्यो भन्दै जाने क्रममा प्राधिकरणको विद्युत् चोरीको पाँच करोडको मुद्दा थियो। सर्वोच्चमा भोलि पेसी थियो। आज समाचार लेख भन्नुभयो।
मैले फ्रन्ट पेजमा समाचार लेखेँ। पत्रिकाले लेखेर फैसला हुँदैन। तर, संयोग होला अदालतले फैसला गर्यो। त्यसैले सूचना दिनुहोस्। परेको सबैले बेहोरौँला। इपानसँग सहकार्य गरेको स्थापनाकालदेखि नै हो। यस्ता कार्यक्रम आवश्यक छन्। फेरि छलफल गर्दै गरौँला।
(खबरहबले आयोजना गरेको नेपालको जलविद्युतको विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनका विषयमा ऊर्जा विज्ञ पत्रकार विकास थापाले राखेको धारणाको सम्पादित अंश)
[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]
प्रतिक्रिया