'आगामी निर्वाचनबाट कांग्रेसले सरकार चलाउने म्यान्डेट पाउँछ' | Khabarhub Khabarhub

‘आगामी निर्वाचनबाट कांग्रेसले सरकार चलाउने म्यान्डेट पाउँछ’


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम मतदाताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई मत दिने दाबी गरेका छन्।

पिता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरे।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहले बताएका छन्। सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडबारे भइरहेकाले छलफलले छिट्टै निकास पाउने उनको भनाइ छ। ‘गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे। गणेशमान सिंहले देखाएको बाटो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुने उनले सुनाए।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : १७ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका