काठमाडौँमा एकै दिन २२ सय सवारी चालकमाथि कारबाही  | Khabarhub Khabarhub

काठमाडौँमा एकै दिन २२ सय सवारी चालकमाथि कारबाही 


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २२ सय ३५ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २५६ जना, फुटपाथमा पार्किङ गर्ने १२७ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८६ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ७४ जना रहेका छन्।

यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने ५८ जना, हर्नको अनावश्यक प्रयोग गर्ने ५६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३५ जना, सडक लेन उल्लङ्घन गर्ने २६ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकहरू रहेका छन्।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : २४ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये