उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध « Khabarhub

उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका- १ मा पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ।

सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेंसीशहर चामे सडक अन्तर्गत उदिपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ। भिषण पहिरोले मोटर बाटो ठप्प बनाएपछि समग्र उत्तरी लमजुङ साथै मनाङ जिल्लाको यातायात रोकिन पुगेको थियो।

यसरी मनाङ र उत्तरी लमजुङका बासिन्दाले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको सांसद देव गुरुङका स्वकीय सचिव कमल खड्काले बताए।

गत वर्ष गएको पहिरोले सडक बगाएपछि त्यसभन्दा कुनाबाट अस्थायी ट्र्याक खोलेर यातायात सुचारु गरिएको थियो। यस वर्ष बर्खा लाग्नेवित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडक पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ।

अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो। त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ। बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ।

-न्युजकारखानाबाट

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ३६ बजे

कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर