‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’ « Khabarhub

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी सेनाले देशको दक्षिणी सिमाना सुरक्षित राख्न आफ्नो क्षमता थप बलियो बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।

शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले लेबनानी सेनाको संख्या र उपस्थितिमा वृद्धि भइरहेको उल्लेख गरे। उनले यसलाई सकारात्मक संकेत भने पनि क्षमता सुदृढीकरणका लागि अझै पर्याप्त स्रोत र आर्थिक सहयोग आवश्यक रहेको बताए।

 ‘लेबनानी अधिकारी र सेनाले दुवैले क्षमता बलियो बनाउन थप सहयोग चाहिएको स्वीकार गरेका छन्,’ उनले भने।

लाक्रोइक्सका अनुसार लेबनानी पक्षले संयुक्त राष्ट्रको अन्तरिम बल युनिफिलका केही स्रोत अस्थायी रूपमा निरन्तर राख्ने इच्छा व्यक्त गरेको छ। यसले सेनाको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उनले लक्ष्य स्पष्ट रहेको तर त्यसतर्फ पुग्न अझै केही काम बाँकी रहेको बताए। साथै लेबनानी प्रहरी र सुरक्षा निकायले पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोगको आवश्यकता औंल्याउँदै आएको जानकारी दिए।

लेबनान र इजरायलबीच सम्भावित तनावका विषयमा प्रश्न उठ्दा सह-सचिवले संयुक्त राष्ट्र र युनिफिलले उपलब्ध सबै उपाय प्रयोग गरेर हालका प्रयासलाई सहयोग गर्ने स्पष्ट पारे। यसबाट दुबै पक्षबीचको तनाव कम गर्न मद्दत पुग्ने आशा गरिएको उनले बताए।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : ३२ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार