खोटाङमा मतदाता संख्या घट्यो « Khabarhub

खोटाङमा मतदाता संख्या घट्यो


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेका छन् ।

स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेकोमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४२ हजार सात सय ९२ मतदाता कायम भएका छन् । आसन्न निर्वाचनमा पुरुष ७४ हजार नाै सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत १ असारदेखि १९ साउनसम्म एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदाता घटेका हुन् । मृत्यु भएका, बसाई सरेका र डुप्लिकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लिकेसन भएका कारण नाम हटाएको हाे ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ३९ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले