अमेरिकामा उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु « Khabarhub

अमेरिकामा उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको बोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

सेस्ना १७२ र सोनेक्स जेनोक्स नामक दुई विमान बीच आकाशमा ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

कोलोराडो राज्यको लङ्गमनस्थित भान्स ब्राण्ड विमानस्थल नजिकै दुर्घटना भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा