राजनीति

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

By खबरहब

September 18, 2022

काठमाडौँ- प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता अग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नेपाल सद्भावना पार्टी आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।

जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यस पटक सिफारिस नगर्ने भएको छ ।