ताजिकिस्तान र किर्गिजस्तानका सुरक्षाकर्मीबीच झडप, ३६ जनाको मृत्यु « Khabarhub

ताजिकिस्तान र किर्गिजस्तानका सुरक्षाकर्मीबीच झडप, ३६ जनाको मृत्यु


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजिकिस्तानसँगको सीमाक्षेत्रमा हालै भएको झडपमा परी ३६ जनाको मृत्यु भएको किर्गिज स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको बताइएको छ । मध्य एसियामा रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिने फर्गाना उपत्यकास्थित किर्गिस्तानको दक्षिणी बाटकेन क्षेत्र र ताजिकिस्तानको उत्तरी सुगद क्षेत्रमा दुई मुलुकका सैनिकबीच झडप भएको बताइएको छ ।

झडपका क्रममा मृत्यु हुनेको कुल सङ्ख्या ३६ पुगेको र अन्य एक सय ३४ जना घाइते भएको किर्गिज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकिस्तानको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।

शुक्रबार युद्धविराम गर्न सहमत भएपनि दुबै पक्षले एक अर्काविरुद्ध यस युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

शनिबार थप झडपपछि रात भने केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतबार बिहान जानकारी दिएका छन् ।

देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन र द्वन्द्वको अवस्थालाई रोक्नका लागि शान्तिपूर्ण तरिकाले सबै उपाय अबलम्बन गरिरहेको सीमा अधिकारीले बताएका छन् ।

शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गरेका थिए ।

तत्कालिन सोभियत संघको पतनपछि स्वतन्त्र भएका यी दुई मुलुकबीच सीमासम्बन्धी विवादका कारण बेलाबेला झडप हुँदै आएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ०६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप