हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै « Khabarhub

हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् ।

१४ देखि १६ अक्टोबरसम्म आयोजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथिको रूपमा उपस्थित हुने छन् । नेपाल मार्सल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ । सेमिनारमा उनले नेतृत्व क्षमता अभिवृद्धिका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्देश्यका बारे छलफल पनि हुने छ । ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को वर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अवसरमा छलफल हुने छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५३ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले