अफगान पूर्वराष्ट्रपति कारजाईद्वारा तालिबानको निन्दा « Khabarhub

अफगान पूर्वराष्ट्रपति कारजाईद्वारा तालिबानको निन्दा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पञ्जशीर प्रान्तमा हत्याका घटनामा निरन्तर वृद्धि भइरहेको भन्दै पूर्व राष्ट्रपति हमिद कारजाईले अफगान शासन चलाइरहेको तालिबानको आलोचना गरेका छन् ।

सो क्षेत्रमा तालिबानविरुद्ध सक्रिय नेशनल रेसिस्टेन्ट फोर्सेज (एनआरएफ) र तालिबानबीच भएको झडपपछि कारजाईले तालिबानको आलोचना गरेका हुन् ।

पूर्व राष्ट्रपति हामिद कारजाईले हालै एक वक्तव्य प्रकाशित गर्दै तालिबान र राष्ट्रिय प्रतिरोध बल (एनआरएफ) बीचको झडपबारे आफ्नो मौनता तोडेका हुन् ।

‘विगतको तीतो अनुभवले स्पष्ट रूपमा सङ्केत गरेको छ कि रक्तपात र युद्ध कहिल्यै समाधान होइन, तर यसले थप भयाबह र विनाश ल्याउँछ’ अफगानिस्तानको खामा प्रेसले पूर्व राष्ट्रपति हामिद कारजाईको फेसबुक पेजमार्फत सार्वजनिक विज्ञप्तिलाई उद्धृत गर्दै जनाएको छ ।

सेप्टेम्बर १५ मा अष्ट्रियाको राजधानी भियनामा अफगानिस्तानका राजनीतिज्ञहरूबीच तीन दिने छलफल सुरु भएपछि कारजाईको यो भनाइ आएको हो । नेसनल रेजिस्टेन्स फ्रन्टका नेता अहमद मसूदले अफगानिस्तानको मुद्दा राजनीतिक निर्णयबाट मात्र समाधान गर्न सकिने बताएका छन् ।

भियना बैठकमा एनआरएफका नेता अहमद मसूद, पूर्व विदेशमन्त्री डा. रङ्गिन डाडफर स्पान्टा, महिला अधिकारकर्मी तथा शान्ति वार्ताका लागि अफगान प्रतिनिधिमण्डलका पूर्व सदस्य फाउजिया कोफी र नर्वेका लागि पूर्व अफगानी राजदूत शुक्रिया बारेकजाईलगायत सहभागी छन् ।

खामा प्रेसका अनुसार अफगानहरुको दुर्दशा, आर्थिक प्रणालीको पतन, बालिकाहरूको शिक्षाबाट बञ्चित हुनु, सञ्चारमाध्यमका गतिविधिहरूमा प्रतिबन्ध, र तालिबान शासनअन्तर्गत आतङ्कवादी समूहहरूको गतिविधिमा वृद्धि संयुक्त राष्ट्रसंघको कार्यालयमा छलफलको मुख्य विषय छन् ।

अन्तर्राष्ट्रिय आँकलनअनुसार अफगानिस्तानमा अहिले सबैभन्दा धेरै खाद्य सुरक्षामा संकट देखिएको छ । त्यहाँ दुई करोड ३० लाखभन्दा बढीलाई सहायताको खाँचो छ र करिब ९५ प्रतिशत जनसङ्ख्यामा खाद्यान्न अपुग छ ।

अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकाका विशेष प्रतिनिधिको एक प्रतिवेदनअनुसार अफगानिस्तानमा दुई करोड ४४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ ।

प्रतिवेदनमा तालिबानले आफ्नो देशमाथि कब्जा जमाएको र अन्तर्राष्ट्रिय सहायतामा आएको कटौतीका कारण मानवीय सङ्कट बढ्दै गएको जनाइएको छ । अहिले करिब ७० प्रतिशत अफगान नागरिकले दैनिक रुपमा आफ्ना आधारभूत आवश्यकता पूरा गर्न असमर्थ रहेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ५५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख