दिवालीअघि नै भारतमा ५जी सार्वजनिक हुने « Khabarhub

दिवालीअघि नै भारतमा ५जी सार्वजनिक हुने


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पाचौँ पुस्ताको मोबाइल प्रविधि ५जी सार्वजनिक प्रयोगका लागि खुला गर्न तयारी सुरु भएको छ ।

फिनल्याण्डको प्रविधि कम्पनी एचएमडी ग्लोबलले भारतीय दूरसञ्चार कम्पनी रिलायन्स जियोसँग सहकार्य गरी भारतमा ५जी ल्याउन लागेको हो ।

एचएमडी ग्लोबलका प्रमुख कार्यकारी फ्लोरियन सिचले भारतमा ५जी सार्वजनिक गर्नका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘भारतमा ५जी ल्याउन हामी उत्साहित छौँ ।’ प्रमुख कार्यकारी सिचलाई उद्धृत गर्दै भारतीय अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतमा यही दिवालीभित्र राजधानी दिल्ली, कोल्काता, मुम्बई चेन्नईजस्ता सहरमा ५जी सार्वजनिक गरिसक्ने र सन् २०२३ को अन्त्यसम्म ५जी प्रविधिलाई मुलुकभर विस्तार गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : १९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख