डेंगु संक्रमितको संख्या बढ्यो, जोखिम घट्यो « Khabarhub

डेंगु संक्रमितको संख्या बढ्यो, जोखिम घट्यो

दसैँ मनाउन गाउँ फर्किनाले संक्रमण भयावह



काठमाडौँ : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिरहेकै छ । तर पनि सोचे अनुसार डेंगू संक्रमितको संख्या घट्न सकेको छैन ।

दसैँ मनाउन काठमाडौबाट मानिसहरू धेरै ठाउँमा गएका थिए । । भ्यालीबाट टाढा जाँदा अन्य ठाँउहरुमा पनि डेंगुका बिरामीहरू बढेका छन् । अहिले पहिलाको भन्दा सिकिस्तै भएर मानिसहरू अस्पताल जाने गरेका छन् ।

त्यसको मुख्य कारण भनेको जनतामा डेंगु सम्बन्धी जनचेतना कम हुनु भएको डाक्टर चन्दन ठाकुर बताउँछन् । उनी भन्छन्, ‘आफुखुसी मेडिकलमा गएर औषधि सेवन गर्दा समस्या झनै बढेको छ ।’

यसैको ज्वलन्त उदाहरण बनिन् पर्साकी राजश्री खातुन । उनलाई दसैं भन्दा अगाडिदेखि ज्वरो आउने जिउ दुख्ने भएको थियो । दसै.मनाउँनको लागि भनेर असोजको १४ गते काठमाडौ. छोडेर पर्सा पुगिन् ।

तर घर पुग्दा उनी खुसी हुन सक्ने अवस्था रहेन । किनकी उनलाई डेगुं संक्रमणले गलाई सकेको रहेछ । उनी अस्पताल जाने होईन कि मेडिकल गएर चाँडै ठिक हुने सोचमा पुगिन् ।

घर नजिकको मेडिकलमा गएर एक पत्ता फेलेक्सन र जीवनजल किनिन् । तीन ओटा फेलेक्सन खाए पछि लाग्यो पुरै रोग नै सन्चो भयो । तर विडम्बना उनको त्यो खुसी एक दिन पनि टिक्न सकेन् । अर्काे दिनबाटै उनी उठ्न नसक्ने गरि थला परिन् ।

‘एम्बुलेन्सको सहारामा अस्पतालको शैयामा पुगेर डाक्टरको कुरा सुने पछि बल्ल थाहा पाए, म यति गम्भीर बिरामी पर्नुमा म आफै रहेछु, जथाभावी गरेर औषधि खाँए, उनले भनिन् ।

अरुले जथाभावी औषधि किनेर खानु हुदैन भनेको त उनले सुनेकी थिइन् । तर त्यसलाई आफ्नै व्यवहारमा लागू गर्न उनी हिच्कििचाइन् ।
‘मैले जस्तो लापरबाही कसैले नगरोस्, डेंगूका कारण मेरो जस्तो समस्याग्रत अरुलाई नहोस्,’ उनले भनिन् ।

उता प्युठानका लक्षमण शर्मालाई पनि डेगुंले धेरै दुःख दिएको अनुभव छ । दसैंकै बेलामा उनी काठमाडौं छोडेर घर पुगेका थिए ।
‘धुमधामले दसै.मनाउँला भनेको थिए तर दसैं त डेगुंले पो मनाईदियो, उनले भने ।’

घर जानु भन्दा २५ दिन अगाडी मात्रै उनलाई डेगुं भएको थियो । एक हप्तामा नै ठिक भएर आफ्नो काम गर्न पनि सकेका थिए । तर फुलपातीको दिन बेलुकाबाट फेरी उनलाई हनहन्ती ज्वरो आयो ।

सिटामोलले पनि दुई घण्टा भन्दा काम गरेन् । ‘मैले अहिलेसम्म यति धेरै पीडा महसुस गरेको थिइन्,’ उनले डेंगूको दुःखाई सुनाए ।
राजश्री र लक्षमण त केवल प्रतिनिधि पात्र मात्रै हुन् । हिजो आज धेरै छन् यस्ता लापरबाही गर्ने र समस्या बढाउने । आफुसुसी औषधि खादा जोखिम झनै बढ्ने चिकित्सकले बताइरहेका छन् । तर पनि लागू हुन भने सकेको छैन् ।

डेंगूमा पनि निश्चित वा विशेष लक्षण देखिए अस्पताल भर्ना हुनुपर्ने संकेतका रूपमा लिन सकिन्छ । तारन्तार वान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिँजा वा शरीरका अरू ठाउँबाट रगत बग्नु, दिसा पिसाब वा वान्तामा रगत देखिनु डेंगूका लक्षण हुन् ।

यस्तै बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ देखिनु आदि लक्षण संक्रमितमा देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने वा अस्पताल जान चिकित्सकको सुझाव छ । यस्ता स्वास्थ्य समस्या देखिए संक्रमित जटिलतातिर गइरहेको हुनसक्ने विज्ञहरु बताउँछन् ।

प्लेटेलेट्सको संख्या बढाउन झोलिलो खानेकुरा, फलफुल लगायतको खान खादा छिटो स्वस्थलाभ गर्न सकिन्छ । प्लेटेलेट्सको संख्या विशेष कुनै खाने कुरा नखाएर पनि केहि दिनमा फेरी सामान्य अवस्थामा फर्कने गरेको चिकित्सकको भनाई छ ।

हाम्रो शरीरमा प्लेटलेको मात्र डेढ लाख देखि ४ लाखसम्म हुन सक्छ । कसैको घटेर १ लाख भन्दा तल पनि जान्छ । यदि जिउबाट रगत बगेको लक्षण छैन भने अस्पतालमा भर्ना गरेर निगरानीमा राखेर सेतो रगत चढाउन पर्दैन । यदि ३० हजार भन्दा कम आयो भने हामी निगरानीमा राखेर सेतो रगत चढाउँनुपर्छ ।

डेंगुमा जटिल अवस्था सिर्जना नहोस् भन्नका लागि विशेष शतर्कता अपनाउने र जटिलताका संकेत देखिए तुरुन्त चिकित्सकको परामर्श लिने वा अस्पताल जानु पर्दछ । तर अब विस्तारै चिसो बढेकाले डेंगूको जोखिम घटेको चिकित्सकको भनाई छ ।

अहिले भइरहेका संक्रमित पनि अब चिसो बढेसँगै सञ्चो भएपछि घट्दै जाने उनीहरु बताउँछन् । तर अहिले संक्रमित रहेका सबैले आफ्नो राम्रोसँग ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ५३ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो