सत्यमोहन जोशी : शताब्दी एक, योगदान अनेक | Khabarhub Khabarhub

सत्यमोहन जोशी : शताब्दी एक, योगदान अनेक

‘जो चुपचाप समाजको काम गरेर सर्वोच्च नागरिकको सम्मानसहित बिदा भए’


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सत्यमोहन जोशी एक युगपुरुष हुन् । उनी पूरापूर १०३ वर्ष बाँचेर आइतबार संसारबाट बिदा भए । उनले समाजमा गरेको योगदानलाई मूल्यांकन गर्दै केही संस्थाहरूले जोशीलाई ‘शताब्दी पुरुष’को सम्मान दिएका थिए । जसको स-सम्मान बिदाई र शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

जोशीको जीवनकालमा त्यही सम्मान यति धेरै लोकप्रिय बन्यो कि सारा नेपालीले शताब्दी पुरुषका रुपमा उनलाई स-सम्मान बिदाई गरे । एक शताब्दी बाँचेका युगपुरुष जोशीले आफ्नो एक जीवनमा देशलाई धेरै योगदान गरेका छन् ।

उनले समाज बुझ्ने अध्ययन सबैभन्दा धेरै गरेका छन् । त्यो भन्दा बढी उनले चुपचाप काम गरेर आम नेपालीका माझ आफूलाई सर्वोच्च नागरिकको स्तरमा राखेर संसारबाट बिदा भएका छन् ।

१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीले १०३ वर्षको सम्मानित जीवन बाँचे । जति संघर्ष गरे । त्यो उनको सफलता र आम नेपालीका लागि प्रेरणा बन्यो ।

२०१३ सालमा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनले नेपाली लोकसंस्कृतिको बारेमा अध्ययन मात्रै होइन, कतिपय कामको थालनी गरेका थिए । नेपालमा पहिलोपटक उनले नाटक मञ्चन गरेका थिए । जसको उद्घाटन धुप बालेर गरिएको थियो । त्यसपछि उनले लोकसंस्कृतिको संरक्षणका लागि जमलमा रहेको राष्ट्रिय नाचघर खोलेका थिए ।

सत्यमोहन जोशी राज्यबाट पिछडिएको कर्णालीको अध्ययन गर्ने पहिलो राष्ट्रिय व्यक्तित्व हुन् । कर्णालीका बारेमा अध्ययन गरेर कर्णालीको संस्कृति पहिलोपटक राष्ट्रियकरण गरेको श्रेय सत्यमोहनलाई जान्छ ।

सत्यमोहनले दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थ निकालेका छन् । जसका कारण उनको फोटो नेपाली सिक्कामा समेत राखिएको थियो । २०१७ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थ निकालेर उनले कर्णालीको कला र संस्कृतिलाई राष्ट्रियकरण गरे ।

यसबापत उनले २०२८ सालमा मदन पुरस्कार पाएका थिए । जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका निर्देशक भएका थिए ।

उनले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए । जसले नेपालमा मात्रै होइन, विश्वमा रहेका नेपालीमाझ पनि चर्चा पाएको थियो ।

त्यसबाहेक नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्टबाट सम्मान गरिएको थियो । यस्तै आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।

तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशी एक शताब्दीका व्यक्ति भएपनि नेपाली समाज र संस्कृतिमा उनका योगदान अनेक छन् । उनले नेपाली साहित्य र संस्कृतिमा नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित गरेका छन् । जुन हालसम्म कुनै नेपालीले देशको बारेमा प्रकाशित गरेका कृतिमध्येको सबैभन्दा उत्कृष्ट हो ।

जीवनभर उनले साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदान धेरै छन् । कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तकमा सत्यमोहन जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् । जसले नेपालमा उनको योगदानको चर्चा गर्छ ।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन् । समालोचकले उनले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बिर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

नेपालमै बसेर नेपालका लागि नेपाली भएर सत्यमोहनले गरेको योगदान अतुलनीय छ । उनले जसरी शान्त रुपमा काम गरेर जुन सफलता र सत्यको उचाइमा पुगे, त्यसरी सायदै नेपाली शीर्ष स्थानमा रहन सके । एक व्यक्ति एक शताब्दी बाँचेर एउटै पनि चर्चा गर्न लायक काम नगरेकोमा सत्यमोहनले भने नेपालका लागि धेरै आयामका काम गरेका छन् । उनले लाखौँ नेपालीको रैथाने संस्कृति संरक्षणदेखि त्यसको प्रवर्द्धनमा ठूलो योगदान दिएका छन् ।

उनको योगदानको चर्चा, प्रशंसा र सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदामा पनि धेरै नेपालीले उनको कामबाट भएको उपलब्धीको रक्षा नै महत्वपूर्ण ठानेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १० : ५० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका