आकाश खुलेसँगै धानबाली भित्र्याउन भ्याइनभ्याइ « Khabarhub

आकाश खुलेसँगै धानबाली भित्र्याउन भ्याइनभ्याइ


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली– झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले  कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए  तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका  उनीहरु आकाश खुलेर धान काट्न पाएकामा  खुसी छन् ।

परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाउँछन् । उनले भने, ‘हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ  र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।’

बडादसैँको भोलिपल्टदेखि सुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भएको थियो तर वर्षा रोकिएसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुसी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताउँछन् ।

गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपालि छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्यो भने हिजोआज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् । 

किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए ।  काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो ।

कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । 

 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ३० बजे

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क