पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक « Khabarhub

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक गरेकी छन् ।

मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो ।

गीतकार तथा साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, स्रष्टा गीता अधिकारी, एल्बमसँग सम्बन्धित संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं र गायक सविन सुवेदीलगायतले उक्त गीति एल्बमको लोकार्पण गरेका थिए ।

कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गरेका थिए भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए । भुसालले मिलाप पत्रिका विगत १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिसँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राख्दै आएको बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साटेका थिए । उनले गीताका सिर्जनामा मनोरञ्जनसँगै सशक्त सन्देश पनि समेटिने धारणा राखे । वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रभावबारे चर्चा गरे ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले आफ्नो जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परा बसाल्नुभएको उल्लेख गर्दै यसअघि जन्मदिनकै अवसरमा ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याइसकेको जानकारी दिए ।

यस्तै, कलाकार रोशनी केसीले गीताको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै उनको लेखनप्रति आफू प्रशंसक रहेको बताइन् । वरिष्ठ संगीतकार राजु सिंहले गीताका हरेक सिर्जनालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनको एउटा गीतमा आफूले पनि संगीत गरिरहेकोे जानकारी गराए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गीता अधिकारी अनेसासको आजीवन सदस्य रहेको बताउँदै साहित्यिक यात्रामा उनको योगदानको चर्चा गरे । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सञ्चारकर्ममा जस्तै गीतकारका रूपमा पनि गीता अधिकारी सशक्त र अब्बल रहेको धारणा व्यक्त गरे ।

प्रमुख अतिथि अमर वान्तुले गीताका यसअघि प्रकाशित कृतिहरू अध्ययन गरेको बताउँदै गीतकारका रूपमा उनको शब्द चयन र भाव अभिव्यक्ति विशेष रहेको उल्लेख गरे । एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीतसंगीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउँदै पछिल्लो समय आफ्नो जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा सुरु गरेको जानकारी दिइन् । आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरिन्।

सभापतिको आसनबाट बोल्दै महाकाव्यकार खेमनाथ दाहालले गीताका यसअघिका दुई पुस्तकमा आफूले भूमिका लेखेको स्मरण गर्दै उनका कर्म र सिर्जनशीलता अनुकरणीय रहेको धारणा राखे ।

बिहीबार लोकार्पण गरिएको एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा व्रत बसी’, ‘श्वास फेरि’ ‘छम छम नाचौन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ जस्ता सात गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ । यस्तै दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ९ : ११ बजे

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन