बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो ।

आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले तहसिल्दार जलाल मुर्री र नायब तहसिल्दार रिसाल्दार अस्लम मुर्री मिलेर बाढीपीडितका लागि आएको पैसा एवम् अन्य मालसामानमा हिनामिना गरेको आरोप लगाएका छन् ।

यसबाहेक तहसिल्दारले प्रदर्शनकारीलाई धम्की समेत दिएको जनाइएको छ ।

आफ्नो माग सम्बोधन नभए प्रदर्शनलाई चर्काउने प्रदर्शनकारीको चेतावनी छ । यसअघि गिल्गिट बाल्टिस्तान प्रान्तको मुख्यमन्त्रीका संयोजक अबिर हुसैनले हुन्जा जिल्लाका डेपुटी कमिश्नरले चीनबाट आएका दुई ट्रक राहत सामग्रीमा घोटाा गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ४० बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम