सुन तस्करीको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय « Khabarhub

सुन तस्करीको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

दुबईबाट बंगलादेशतर्फ १ करोड २० लाख टाका बराबरको सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिक फान रोङ गुईलाई ७ वर्षको जेल सजाय सुनाइएको टीबीएस न्यूज बंगलादेशले जनाएको छ ।

बंगलादेशको चटगाउँ महानगर अदालतले उनलाई सजाय सुनाएको हो ।

साथै उनलाई ५० हजार टाका जरिवानाको सजाय समेत सुनाइएको छ । उनले उक्त जरिवाना तिर्न नसकेको खण्डमा थप तीन महिना जेल सजाय हुने जनाइएको छ ।

सन् २०१९ मे ८ मा दुबईबाट बंगलादेशको चटगाउँ आउने क्रममा विमानस्थलमा अवैध सुन सहित उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ३९ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न