तरकारी र फलफूलको भाउ आज कति? « Khabarhub

तरकारी र फलफूलको भाउ आज कति?


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।

आज शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार प्रतिकेजी ३९० रुपैयाँ रहेको छ ।

अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ ५० पैसा, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु प्रतिकेजी ४५ रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।  कागती १६ रुपैयाँले घटेर ११० रुपैयाँमा किनबेच भइरहेको छ भने अकबरे खुर्सानी २० रुपैयाँले घटेर १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ९५ रुपैयाँ, घिरौँला ५५ रुपैयाँ, चमसूरको साग २८ रुपैयाँले घटेर १६५ रुपैयाँ, कन्य च्याउ १३४ रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ४५ रुपैयाँ, पालुङ्गो साग १६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४८ रुपैयाँ २० पैसा र हरियो धनियाँ ११० रुपैयाँ कायम रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १० बजे

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका